नियम ११३
सम्पत्ति विवरण पेश गर्नु पर्ने
यो नियमावली प्रारम्भ हुँदा बहाल रहेका सबै
कर्मचारीले यो नियमावली लागू भएको तीन महिनाभित्र र नयाँ नियुक्ति हुने कर्मचारीले
नियुक्ति पाएको एक महिनाभित्र अनुसूची–१९ बमोजिम सम्पत्ति विवरण तयार गरी देहाय
बमोजिम पेश गर्नु पर्नेछ ः-
(क) अधिकृत तहका कर्मचारीले दुई प्रति सम्पत्ति विवरण तयार गरी
मन्त्रालयमा पेश गर्नु पर्नेछ । त्यसरी पेश भएको सम्पत्ति विवरणको एक
प्रति मन्त्रालयले राखी अर्काे प्रति सामान्य प्रशासन मन्त्रालयमा पठाउनु
पर्नेछ ।
(ख) सहायक तहका कर्मचारीले एक प्रति सम्पत्ति विवरण तयार गरी
सम्बन्धित विभागीय प्रमुख समक्ष पेश गर्नु पर्नेछ ।